बिमा कम्पनीले लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने
काठमाडौं । बिमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटले बिमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको हो ।
संघीय संसदमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बिमा कलेज स्थापनाका लागि प्रोत्साहन गरिने जानकारी दिए । साथै बिमा व्यवसायलाई सामाजिक संरक्षणको एक महत्वपूर्ण आधारको रुपमा विकास गर्न गरिब विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघुत्रिमा कम्पनीको स्थापना गरिने मन्त्री शर्माले जानकारी दिए ।
बिमा सूचना केन्द्र स्थापना गरिने पनि बजेटमा उल्लेख छ । एक परिवार,एक बिमा अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानीय तहसम्म बिमाको पहुँच बिस्तार गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।








