तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरिने
प्रकाशित मिति : 29 May, 2022 6:32 pm
काठमाडौं । तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै वित्तीय प्रणालीमा स्थिरता कायम गरी आन्तरिक लगानी प्रवद्र्धन गर्न र तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरिने बताएका छन् । यस्तै, विदेशी विनिमयमा उतारचढाबबाट नेपालमा हुने वैदेशिक लगानीमा हुने जोखिम न्यून गर्न हेजिङ कोष स्थापना गरिने भएको छ ।








