सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो
प्रकाशित मिति : 29 May, 2022 7:06 pm
काठमाडौं । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि भएको घोषणा गरेका हुन् ।
बढेको तलबमान साउन १ गतेदेखि लागू हुनेछ । यस्तै, कर्मचारीहरुले यसअघि पाउँदै आएको महंगीभत्तालाई समेत सरकारले निरन्तरता दिएको छ ।
कर्मचारी तथा श्रमिकहरुको न्यूनतम तलबसुविधाको पुनरावलोकनका लागि एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने बताएका छन् । ।








