विद्युतीय सञ्जाल मार्फत हुने कारोबारलाई करको दायरमा ल्याउने सरकारको तयारी
प्रकाशित मिति : 29 May, 2022 7:07 pm
काठमाडौं । सरकारले विद्युतीय सञ्जाल मार्फत हुने कारोबारलाई करको दायरमा ल्याउने भएको छ । अर्थमन्त्री जानर्दन शर्माले बजेट भाषण गर्दै नेपाल बाहिरबाट विद्युतीय सञ्जालमार्फत नेपालभित्र आर्थिक क्रियाकलाप संचालन बढ्दै गएको भन्दै त्यस्ता व्यवसाय वा कारोबारलाई करको दायरामा ल्याइने बताएका हुन् ।








