एसेम्बल गर्ने उद्योगले ५० प्रतिशत अन्तशुल्क छुट पाउने
प्रकाशित मिति : 29 May, 2022 7:19 pm
काठमाडौं । चार पाङ्ग्रे सवारी साधन वा एसेम्बल गर्ने उद्योगले ५० प्रतिशत अन्तशुल्क छुट पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शमाृले बजेट भाषण गर्दै चार पाङ्ग्रे सवारी साधन वा एसेम्बल गर्ने उद्योग स्थापना गर्ने उद्योगलाई सरकारले उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तशुल्क छुट दिने बताएका छन् । सरकारले भन्सार शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । यस्तै, विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पर्दाथ वा पार्टपूर्जामा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने भएको छ भने विलासिता वस्तुमा करको दर बढाएको छ ।








