२२ बैशाख २०८१, शनिबार

चार पांग्रे गाडीको अन्तःशुल्क बढ्योे

प्रकाशित मिति :  30 May, 2022 12:12 pm


काठमाडौँ । सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै, आर्थिक वर्ष २०७९/८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको बताएका छन् ।

यसअघि १५०० देखि २००० सीसीका कारमा लाग्दै आएको अन्तःशुलक ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।

२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५/५ प्रतिशतले अन्तःशुल्क बढेको छ ।

त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । १५०० सम्मका कार, जीप/भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !