२२ बैशाख २०८१, शनिबार

सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा बढायो कर

प्रकाशित मिति :  30 May, 2022 1:32 pm


काठमाडौं । सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर बढाएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषाण गर्दै २०० सीसीभन्दा माथिका बाइकमा व्यापक कर लगाएका छन् ।

सरकारले १२५ देखि २०० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क घटाएको छ । यसअघि ५० प्रतिशत रहेको अन्तःशुल्क ४० प्रतिशत झारिएको छ । यसले तल्लो रेन्जका बाइकको मूल्य भने न्युन दरमा घट्न सक्ने देखिएको छ ।

सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क २० प्रतिशतले बढाएको छ । यो रेन्जमा यसअघि ६० प्रतिशत रहेको अन्तशुल्क ८० प्रतिशत बनाइएको छ ।

यो समूहका बाइकमा यसअघि ३० प्रतिशत लाग्दै आएको भन्सार दर १० प्रतिशतले बढाएर ४० प्रतिशत बनाइएको छ । यसले नेपालमा ठूलो दरमा बिकिरहेको २२० सीसीमा बाइकहरुको मूल्य उच्च दरमा बढ्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !