२३ बैशाख २०८१, आइतबार

आगामी आर्थिक वर्षको बजेट कार्यन्वयनको पाटोमा चुनौती : चेम्बर

प्रकाशित मिति :  30 May, 2022 7:12 pm


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपुर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्व ९३ अर्व ८३ करोड रुपैया“को बजेट आकार पनि ठूलो भएको चेम्बरले उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षमा १६ खर्व ३३ अर्व रुपैया“को बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्व ४७ अर्व ५१ करोड रुपैया“को बनाईएको भन्दै चेम्बरले बजेट यर्थाथमा आधारित हुन नसकेको बताएको हो । ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनाई हुने उल्लेख गरेको छ ।

चेम्बरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बा“झो जमिनको उपयोग, कृषि एम्बुलेन्सलाई प्राथमिकतामा राखेर बजेट आउनु सकारात्मक रहेको र कृषिलाई प्रवद्र्धन गर्न ५ खर्बको कृषि लघुबित्त कोषको स्थापना गर्ने योजनालाई चेम्बरले स्वागत गरेको छ ।

चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,“स्वदेशमा औद्योगिक बातावरण बनाइ रोजगारी सृजना गर्न बिदेशी लगानीको सीमा घटाउने देखि उद्योगलाइ छुट सम्म दिने घोषणा बजेटमा उल्लेख गरिएको छ । बिदेशी लगानीको सीमा घटाइ २ करोडमात्र कायम गर्ने व्यवस्थाले स्वदेशी लगानी निरुत्साहित हुन जाने देखिन्छ ।”

चेम्बरले १२ खर्व ४० अर्व रुपैयाँको राजस्वको लक्ष्य पनि निकै चुनौतीपुर्ण रहेको जनाएको छ । कोभिड महामारीको प्रभावबाट पूर्ण रुपमा तग्रिन नपाएको निजी क्षेत्र र सरकारका संकुचनकारी आर्थिक नीतिहरुले निजी क्षेत्र निरुत्साहित भएकाले राजश्वको महत्वाकांक्षी लक्ष हासिल हुन कठिन हुने चेम्बरको भनाई छ ।

तरलताको समस्या रहेको बिद्यमान अर्थतन्त्रमा आन्तरिक ऋणको लक्ष्य २ खर्ब ५६ अर्व रुपैँयाको राखिएकाले यसले तरलताको समस्या झन् बिकराल हुन जाने चेम्बरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !