८ पुस २०८२, मंगलबार

अर्घाखाँचीको मालारानीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्रकाशित मिति :  30 May, 2022 7:24 pm


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महत ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकालाई फकाएर पसलमा मिठाइ किनिदिएर नजिकैको गोठमा लगेर शुक्रबार बलात्कार गरेको आरोप लागेको छ । प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !