२३ बैशाख २०८१, आइतबार

पुरानो बानेश्वरमा खुल्यो हाइस्प्रिरिट्स फिटनेस सेन्टर

प्रकाशित मिति :  31 May, 2022 5:07 am


काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा हाइस्प्रिरिट्स फिटनेस सेन्टर सञ्चालनमा आएको छ । कोभिडअघिसम्म सिनामंगलमा सञ्चालनमा रहेको ओएस्टर फिटनेस क्लबले नाम परिवर्तन गर्दै नयाँ व्यवस्थापनकासाथ पुरानोबानेश्वरको रोहिनी मार्गमा पुनः सञ्चालनमा आएको छ।

गणतन्त्र दिवसको दिन पारेर आइतबार औपचारिक उद्घाटन गरिएको फिटनेस क्लबले सोमबारदेखि नै नियमित सेवा दिन थालेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, स्थानीयवासी तथा नेपाल सरकारको निवृत्त वरिष्ठ अधिकृत जया भट्टराई, दुई पटक सगरमाथा आरोहण गरेका आरोही समिर थापा र पञ्चकन्याहरुले संयुक्त रुपमा फिटनेस क्लबको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले आफ्नो वडामा स्वस्थ रहन आवश्यक पर्ने पिटनेस सेन्टर खोलिएकोमा खुशी व्यक्त गरे । “काठमाडौंको मुटु बानेश्वर, बानेश्वरको पनि मुटुको रुपमा रहेको १० नम्बर बडामा खोलिएको यो क्लबले यस क्षेत्रमा सकारात्मक भूूमिका खेल्नेमा विश्वस्त छु।”

एमाले नेता केशव स्थापित, कलाकार दिपाश्री निरौला, निराजन प्रधान, प्रकाश शाह लगायतले फिटनेस सेन्टरको अवलोकन गरेका छन्।

क्लवले ओपनिङ अफर ल्याएको छ । जस अन्तर्गत एक वर्षे प्याकजको सेवा लिनेले थप ३ महिनासहित १५ महिनाको प्याकेज पाउने तथा २२ प्रतिशत थप छुटको व्यवस्था गरिएको संचालक अजित शर्माले बताए।

शर्मा सहित ६ जना युवाले करिव ३ करोड लगानी गरेर क्लब सञ्चालनमा ल्याएका हुन् । सञ्चालकहरुमा अमिर गुरुङ, सञ्जीव श्रेष्ठ, सतिस शर्मा, पुकार शाह र कैलाश कडेल रहेका छन्।

क्लबमा १२ महिने र ३ महिने प्रिमियम प्याकेज, १, ३, ६ र १२ महिने जुम्बा एण्ड एरोविक तथा जिम प्याकेज रहेका छन्। सोही अनुसार साउना र स्ट्रिम प्याकेजहरुसमेतको व्यवस्था गरिएको छ।

क्लबले बालबालिकाका लागि छुट्टै जुम्बा प्याकेजसमेत ल्याउने भएको छ। क्लबकै व्यवस्थापन अन्तर्गत हाइजेनिक परिकार खुवाउने क्याफेकोसमेत तयारी भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !