३ जेष्ठ २०८१, बिहिबार

अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षुलाई तत्काल रिहाइको माग गर्दै नाराबाजी

प्रकाशित मिति :  31 May, 2022 12:28 pm


काठमाडौं । कबड्डी ४’की अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवा समूहले नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि फिल्म ‘कबड्डी ४’विरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाएका छन् । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै ती अभिनेत्रीले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो ।

सोमबार ‘कबड्डी ४’काे प्रमोसनका लागि सिनेमा हल पुगेकी अभिनेत्रीलाई ती युवाले तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !