७ पुस २०८२, सोमबार

नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझी घुसको रकमसहित पक्राउ

प्रकाशित मिति :  31 May, 2022 1:44 pm


काठमाडौं । नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी घुसको रकमसहित पक्राउ परेका छन् ।

जग्गाको हालसाविक गर्नका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले आज पक्राउ गरेको हो ।

अमिन टेक बहादुर रायमाझीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरेको आयोगले जनाएको छ । उनी सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको ३ नं. नापी कार्यालयको क्वाटरबाट पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !