३ जेष्ठ २०८१, बिहिबार

बलिउडका चर्चित गायक केकेको निधन

प्रकाशित मिति :  1 June, 2022 8:36 am


काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ ‘केके’को मंगलबार राति निधन भएको छ । उनको कोलकातामा ह्रदयघातबाट निधन भएको हो । उनी केकेको नामले चिनिन्थे ।

महानगरको एक कलेजको कार्यक्रममा सहभागी उनी भएका उनले लगभग १ घण्टा गीत गाएर होटल फर्किएका थिए । लगतै स्वास्थयमा समस्या भएको जानकारी दिएपछि उनलाई सीएमआरआइ अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।

केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ूकेके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु । उनका गीतहरूले फरक-फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छुने गरेका छन्। उनको परिवार र प्रशंसकहरूले उनलाई गीतमार्फत सम्झिनेछन् ।

त्यस्तै अभिनेता अक्षर कुमार, गायक अरमान मलिक, अभिनेत्री सोनल चौहान लगायत कलाकारले उनको निधनप्रति दुख व्यक्त गरेका छन् ।

हिन्दीमा उनले गायका जरा सा दिलमे जगा, तु जो मिला , जिन्दगी दो पल कि, पिया आए ना, तुजे सोचा था हम, खुदा जानी लागयतका धेरै गीत चर्चित छन्।



प्रतिक्रिया दिनुहोस !