६ पुस २०८२, आइतबार

भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै फर्किएर काठमाडौं अवतरण

प्रकाशित मिति :  1 June, 2022 12:31 pm


काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्किएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको र अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले बताए ।
अहिले प्राविधिक जाँच भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !