डेरी क्षेत्रमा योगदान पुर्याउने सम्मानित
काठमाडौं । हरेक वर्ष जून १ तारिकमा मनाइने अन्तर्राष्ट्रिय दूध दिवस नेपालका सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। डेरी क्षेत्रमा योगदान पुर्याउने व्याक्ति तथा संस्था अन्तराष्ट्रिय दूध दिवसको अवसरमा काठमाडाैंमा सम्मानित भएका छन्
अन्तर्राष्ट्रिय दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साईन्स एशोशिएसनको सहकार्यमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो ।

पाँच विधामा गरिएको सम्मानमा लाइफटाइम एचिभमेन्ट सम्मा बाट कृष्णगोपाल श्रेष्ठ, चिज क्षेत्रमा योगदान पुर्याएवापत शेर्पा डेरी उद्योग, सहकारी क्षेत्र तर्फबाट नन्दनी डेरी र शाहि डेरी, उद्योगतर्फ पवन डरी र हिमालय डेरी, प्रतीक चिन्ह वितरणमा सहयोग पुर्याए वापत नेपाल डेरी एसोशिएसनका महासचिव प्रह्लाद दाहाल सम्मानित भएका हुन् ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधमाथिको पहुच बढाउन खाद्य तथा कृषि संगठन(एफएओ) ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेका हो ।









