७ पुस २०८२, सोमबार

माओवादी केन्द्रबाट रोल्पामा निर्वाचित स्थानीयदेखि संघीय जनप्रतिनिधि काठमाडौंमा भेला हुँदै

प्रकाशित मिति :  1 June, 2022 7:42 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट रोल्पामा निर्वाचित स्थानीय,प्रदेश र संघीय जनप्रतिनिधि काठमाडौंमा एकै ठाउँमा भेला हुने भएका छन् ।

रोल्पा–काठमाडौ सम्पर्क समन्वय समितिले गर्न लागेको कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर,उपमेयर,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष,प्रदेश सांसद र संघीय सांसद जेठ १९ गते एकै ठाउँमा भेला हुन लागेका हुन् ।

कार्यक्रममा वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट विजय प्राप्त गर्ने स्थानीय तहका जनप्रतिनिधिका लागि बधाई तथा सम्मान गरिने छ भने प्रदेश र संघीय संसद अतिथिका रुपमा रहने छन् ।

निमन्त्रणामा उल्लेख भए अनुसार कृष्णबहादुर महरा, वर्षमान पुन, कुलप्रसाद केसी, ओनसरी घर्ती, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी दिपेन्द्र पुन,सुकबहादुर रोका लगायतका नेता अतिथिका रुपमा रहने छन् ।



प्रतिक्रिया दिनुहोस !