६ पुस २०८२, आइतबार

नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप, केही प्रहरी घाइते

प्रकाशित मिति :  2 June, 2022 12:03 pm


नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।

वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस



प्रतिक्रिया दिनुहोस !