४ जेष्ठ २०८१, शुक्रबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

प्रकाशित मिति :  2 June, 2022 12:56 pm


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैँया सहयोग गरेको छ ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेर सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहेको छ । यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ ।

यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” संग मिल्दोजुल्दो छ ।



प्रतिक्रिया दिनुहोस !