५ जेष्ठ २०८१, शनिबार

स्याङ्जाको कुन पालिकामा कति बजेट ?

प्रकाशित मिति :  2 June, 2022 7:20 pm


रबि थापा,

स्याङ्जा । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । उनले स्याङजामा ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । स्याङजाका ११ स्थानीय तहहरुमा उक्त रकम विनियोजन गरिएको छ ।

समानीकरण अनुदानमा १ अर्व २७ करोड १३ लाख रुपैँया सशर्त अनुदान अन्र्तगत ३ अर्ब ३ करोड ५३ लाख रुपैँया, समपूरक अनुदानमा १६ करोड ३० लाख रुपैँया र विशेष अनुदानमा १९ करोड २८ लाख बजेट विनियोजन गरिएको छ ।

स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख र ६ गाउँपालिकालाई लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरिएको छ ।

भीरकोट नगरपालिकालाई जम्मा ३९ करोड ७३ लाख रुपैँया विनियोजन गरिएको छ। उक्त रकममध्ये समानीकरण अनुदानमा ११ करोड ५९ लाख रुपैँया, सशर्त अनुदान अन्र्तगत २६ करोड ३४ लाख रुपैँया, समपूरक अनुदान ८० लाख रुपैँया र विशेष अनुदान १ करोड रुपैँया गरी जम्मा ३९ करोड ७३ लाख रुपैँया विनियोजन गरिएको छ।

वालिङ नगरपालिकालाई कूल ६२ करोड ५७ लाख रुपैँया विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १७ करोड ३२ लाख रुपैँया, सशर्त अनुदान अन्र्तगत ४२ करोड २५ लाख रुपैँया, समपुरक अनुदानमा २ करोड २० लाख रुपैँया र विशेष अनुदान ८० लाख रुपैँया गरी जम्मा ६२ करोड ५७ लाख रुपैँया विनियोजन गरिएको छ ।

त्यसैगरी चापाकोट नगरपालिकालाई कूल ४९ करोड ४२ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा ११ करोड ५४ लाख रुपैँया, सशर्त अनुदानअन्तर्गत ३२ करोड ७४ लाख रुपैँया, समपूरक अनुदान २ करोड ५० लाख रुपैँया र विशेष अनुदानमा २ करोड रुपैँया गरि जम्मा रु ४९ करोड ४२ लाख विनियोजन गरेको छ ।

गल्याङ नगरपालिकालाई कूल ५५ करोड ३२ लाख रुपैँया विनियोजन ग।िरएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १४ करोड २२ लाख रुपैँया, सशर्त अनुदानअन्तर्गत ३७ करोड १० लाख रुपैँया, समपूरक अनुदान २ करोड रुपैँया र विशेष अनुदान २ करोड रुपैँया गरी जम्मा ५५ करोड ३२ लाख रुपैँया विनियोजन गरिएको छ ।

त्यस्तै पुतलीबजार नगरपालिकालाई कूल ६३ करोड १३ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १५ करोड ९१ लाख रुपैँया, सशर्त अनुदानअन्तर्गत ४५ करोड ८२ लाख रुपैँया र समपुरक अनुदानमा १ करोड ४० लाख रुपैँया गरी जम्मा ६३ करोड १३ लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

त्यसैगरि गाउँपालिकामा कालीगण्डकी गाउँपालिकालाई कूल ३८ करोड ४० लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १० करोड ९३ लाख रुपैँया, सशर्त अनुदानअन्तर्गत २३ करोड ४७ लाख रुपैँया, समपूरक अनुदान २ करोड रुपैँया र विशेष अनुदान २ करोड रुपैँया गरी जम्मा ३८ करोड ४० लाख रुपैँया विनियोजन गरिएको छ ।

अर्जुन चौपारी गाउँपालिकालाई कूल ३० करोड ४९ लाख रुपैँया विनियोजन भएको छ । उक्त रकम मध्ये समानीकरण अनुदानमा ९ करोड ४ लाख रुपैँया, सशर्त अनुदानअन्तर्गत १८ करोड रुपैँया , समपुरक अनुदान ७० लाख रुपैँया र विशेष अनुदानमा २ करोड ३० लाख रुपैँया गरी जम्मा ३० करोड ४९ लाख रुपैँया विनियोजन गरिएको छ ।

त्यस्तै आँधिखोला गाउँपालिकालाई कूल ३५ करोड ३६ लाख रुपैँया विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ३२ लाख, सशर्त अनुदानअन्तर्गत २२ करोड ४, समपूरक अनुदानमा १ करोड ५० लाख र विशेष अनुदान २ करोड ५० लाख गरी जम्मा रु ३५ करोड ३६ लाख विनियोजन गरेको छ ।

फेदीखोला गाउँपालिकालाई कूल २७ करोड ६१ लाख रुपैँया विनियोजन भएको छ ।

त्यस्तै कालीगण्डकी गाउँपालिकालाई कूल ३८ करोड ४० लाख रुपैँया विनियोजन भएको छ ।

विरुवा गाउँपालिकालाई कूल ३३ करोड ६० लाख रुपैँया विनियोजन भएको छ ।

त्यस्तै हरिनाश गाउँपालिकालाई कूल ३० करोड ६१ लाख रुपैँया विनियोजन भएको छ ।



प्रतिक्रिया दिनुहोस !