७ पुस २०८२, सोमबार

रोल्पामा माओवादी केन्द्रबाट निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुख सम्मानित

प्रकाशित मिति :  3 June, 2022 9:12 am


काठमाडौं । रोल्पामा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुख सम्मानित भएका छन् ।

रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिले रोल्पामा नेकपा माओवादीबाट निर्वाचित मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षलाई सम्मान गरेको हो । रोल्पामा नेकपा माओवादी केन्द्रले रोल्पा नगरपालिकासहित ७ पालिकामा विजयी भएको थियो ।

कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री वर्षमान पुन,पूर्वसभामुख ओनसरी घर्ती, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती लगायतको उपस्थिति रहेको थियो ।

२०७४ सालमा पनि ७ वटा पालिका जितेको माओवादी केन्द्रले यसपटक पनि ७ वटै पालिका जितेको हो ।



प्रतिक्रिया दिनुहोस !