५ जेष्ठ २०८१, शनिबार

सिन्धुलीको कुन पालिकामा कति बजेट ?

प्रकाशित मिति :  3 June, 2022 11:20 am


सिन्धु्ली । सरकारले आर्थिक वर्ष २०७९ ८० को लागि सिन्धुलीका ९ पालिकामा ३ अर्ब ८५ करोड ७० लाख रुपैँया विनियोजन गरेको छ । जिल्लाका २ नगरपालिकाको लागि १ अर्ब ३८ करोड ८३ लाख र ७ गाउँपालिकाको लागि २ अर्ब ४६ करोड ८७ लाख रुपैँया विनियोजन गरेको हो ।

जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । सरकारले कमलामाई नगरपालिकालाई सबैभन्दा धेरै र घ्याङ्लेख गाउँपालिकालाई सबैभन्दा कम बजेट छुट्टाएको छ । कमलामाई नगरपालिकाकोे लागि ७५ करोड ४९ लाख रुपैँया र दुधौली नगरपालिकाको लागि ६३ करोड ३४ लाख रुपैँया छुट्टाएको छ ।

गाउँपालिका तर्फ तीनपाटनको लागि ५३ करोड ६७ लाख, सुनकोशीमा ३८ करोड ३३ लाख, गोलन्जोरमा ३३ करोड ६६ लाख, मरिणमा ३३ करोड ५४ लाख, फिक्कलमा ३२ करोड ८६ लाख, हरिहरपुरगढीलाई ३२ करोड ७ लाख र घ्याङ्लेखको लागि २२ करोड ७४ लाख रुपैँया विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !