५ जेष्ठ २०८१, शनिबार

३३ अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  3 June, 2022 3:28 pm


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एकसचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ७.१८ अंकले घटेर ४०३.४८ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६२ करोड ३५ लाख ५६ हजार ६ सय ८८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५ सय ८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५ सय ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !