५ जेष्ठ २०८१, शनिबार

सरकारले प्रस्तुत गरेको बजेटमा अखिल नेपाल किसान महासंघको असन्तुष्टि

प्रकाशित मिति :  3 June, 2022 5:58 pm


काठमाडौं । कृषिक्षेत्रमा राज्यले देखाएको उदाशिनता र किसानलाई उचित प्रोत्साहनको अभावका कारण कृषि उत्पादन र उत्पादकत्व घटेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगालले बताए । महासंघले शुक्रबार गरेको कार्यक्रममा दंगालले कृषि उत्पादन र उत्पादकत्व घटेर आर्थिक वृद्धि, रोजगार सिर्जना, गरिबी निवारण समेतमा त्यसको प्रभाव परेको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा आफूहरु सन्तुष्ट नभएको अध्यक्ष दंगालले बताए । उनले निकम्मा सरकार भएको कारण देशभरकै किसानहरुले समयमै मल नपाएको गुनासो गरे । “मुलुकको लागि ५ देखि मेट्रिक टन मल चाहिन्छ त्यो हिसाबले ३० अर्बको बजेट छुट्याउनु पथ्र्यो । नेपाल र भारत सरकारबीच जी टु जी प्रक्रियाबाट सम्झौता अनुसार ल्याउने भनिएको एक लाख ५० हजार मेट्रिक टन मल नेपाली किसानको मागको तुलनामा ज्यादै न्युन हो, ’’ दंगालले भने ।

दंगालले रासायनिकक मलको आपूर्तिमा भएको अभावको अन्त्य गरि गुणस्तरिय मल समयमै सहज ढंगले उपलब्ध गराउन र इन्धनमा भएको मूल्यबुद्धि घटाउन साथै, किसानको हकहित र अधिकार तथा कृषिक्षेत्रको रुपान्तरणसँग सम्बन्धित विभिन्न माग पूरा गर्न नेपाल सरकारसँग माग गरेको छ ।

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले किसानको हकहितका लागि आर्थिक वर्ष २०७८÷०७९ मा छुटाएको बजेट गठबन्धन सरकारले कटौती गरेको र किसानलाई मर्कामा पारेको दंगालले बताए ।



प्रतिक्रिया दिनुहोस !