५ जेष्ठ २०८१, शनिबार

नेपाली उत्पादनको बजारिकरण गर्न चेम्बरले एक्स्पो गर्दै

प्रकाशित मिति :  3 June, 2022 6:27 pm


काठमाडौं । नेपाल चेम्बर अफ कर्मशले “नेपाल चेम्बर एक्स्पो २०२२” गर्ने भएको छ । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले एक्सपो गर्न लागेको हो । एक्सो आषाढ २ देखि ६ गतेसम्म भृकुटी मण्डपमा हुने चेम्बरमा हुने जनाएको छ ।

चेम्बरले व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा जोड दिएको जनाएको छ । मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्यले नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

१०० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने एक्स्पोमा १५० वटा स्टलहरू रहने जनाइएको छ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य देशका उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छ चेम्बरले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !