२० बैशाख २०८१, बिहिबार

नि: शुल्क सौचालय अभियानमा ज्योति ग्रुपको साथ, हरेक होण्डा शोरुमका सौचालय ‘सार्वजनिक सौचालय’

प्रकाशित मिति :  3 June, 2022 10:24 pm


काठमाडौं। काठमाडौं महानगरपालिकाको नि:शुल्क सौचालय अभियानमा व्यवसायी घराना ज्योति ग्रुपले साथ दिने भएको छ।

ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले ग्रुप अन्तर्गतका होण्डा शोरुमहरुका सौचालय नि:शुल्क प्रयोग गर्न सकिने घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत घोषणा गर्दै भनेका छन्, ”परिवर्तन सुरु हुन्छ हामीबाट! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।”

महानगरप्रमुख बालेन्द्र शाहको नेतृत्वमा सुरु भएको अभियानमा होटेल रेष्टुरेन्ट लगायतले नि:शुल्क सौचालय प्रयोग गर्न दिने घोषणा गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !