रुपन्देहीमा बस दुर्घटना,९ जनाको मृत्यु
प्रकाशित मिति : 5 June, 2022 6:46 am
रुपन्देही । रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खस्दा कम्तिमा ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहान साढे ४ बजेतिर बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले जानकारी दिएका छन् ।
रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा बस खसेको छ । घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । थप जानकारी आउन बाँकी छ ।








