अर्घाखाँचीको ६ स्थानीय तह र ६१ वडा मध्ये दलित समुदायबाट एकजना मात्रै वडाध्यक्ष
प्रकाशित मिति : 5 June, 2022 12:31 pm
अर्घाखाँची । अर्घाखाँचीको ६ स्थानीय तह र ६१ वडा मध्ये दलित समुदायबाट वडाध्यक्षमा एउटा वडामा मात्र विजयी भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीका बाबुराम पन्थी सुनार निर्वाचित भएका छन् । उनले राष्ट्रिय जनमोर्चाबाट जितेका हुन् । उनी ९८५ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादीका कुलराज बन्जाडेले ३३० मत प्राप्त गरे ।
उनीसँगै वडा सदस्यमा पुष्कर भुसाल कमला खत्री हुमा परियार र नेपाली कांग्रेसबाट विजय सुनार निवाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रले भुमिकास्थान नगरपालिका वडा नं. ७ मा टंक सुनारलाइ उम्मेदवार बनाए पनि विजयी हुन सकेनन् । सुनारले पहिला पनि भुमिकास्थान नगरपालिकाको प्रवत्ता भएर काम गरिसकेका छन् ।








