बस दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री केसीको निर्देशन
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोहीणी पुलमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आज शोक वक्तव्य जारी गर्दै भनेका छन्,मृतकप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको चीरशान्तिको कामनासहित दुःखको यस घडीमा मृतकका शोकसन्तप्त परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्दछु ।
जनकपुरबाट भैैरहवा आउँदै गरेको बस भैरहवा परासी हुलाकी सडक खण्ड अन्तर्गत रोहीणी पुलमा दुर्र्घटना भएको थियो । लु २ ख ३८४१ नम्बरको बस पुलबाट खस्दा रुपन्देही ओमसतिया गा.पा.–४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा न.पा.–८ बस्ने ३७ वर्षीय तुल्सी बस्याल, रुपन्देही तिलोत्तमा न.पा.–२ योगिकुटी बस्ने ५६ वर्षीय बिष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुर बस्ने २० वर्षीय दिनेश दास, रुपन्देही बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने ४८ वर्षिय कृष्णप्रसाद बस्याल, भारतको जनकपुरग्राम बस्ने ४० का अरबिन्द्र शर्मा, सञ्जय गुप्ता, नागेन्द्र शर्मा लगायत ९ जनाको मृत्यु भएको थियो ।
अन्य घाइते भएका थिए । मुख्यमन्त्री केसीले घटनाका सम्पूर्ण घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । घटनाको छाबिन गर्न समेत निर्देशन दिएका छन् ।
उनले भनेका छन्,“सो घटनामा उद्धारको काममा पहल लिने प्रशासन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिर्दै मृतकका परिवार र घाइतेहरुको उद्धार, उपचार लागि तत्कालै पहल गरी सो घटनाका बारेमा छानबिन गर्न सम्बन्धित पक्षलाई निर्देशन गर्दछु ।”








