५ जेष्ठ २०८१, शनिबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  6 June, 2022 11:42 am


काठमाडौं । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य तोलामा २००ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा २ सयले बढेको छ । आइतबार तोलाको ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २०० रुपैयाँ बढेर तोलाको ९८ हजार १०० रुपैयामा कारोबार भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्थै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । हिजो आइतबार १२७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १५ रुपैयाँले बढेर तोलाको १२९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !