७ पुस २०८२, सोमबार

फर्पिङको जंगलमा युवा युवती मृत अवस्थामा भेटिए

प्रकाशित मिति :  6 June, 2022 1:33 pm


काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२र२३ वर्ष उमेरका युवा–युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन भने मृतकको सनाखत हुन सकेको छैन ।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !