७ पुस २०८२, सोमबार

बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद तत्काल नहटाउने

प्रकाशित मिति :  6 June, 2022 2:05 pm


काठमाडौं । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद तत्काल नहटाउने भएको छ । कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद शार्माले हदम्यादका कारण न्याय पाउनबाट बच्ञित हुन नपरोस् भन्रेमा सरकार गम्भीर रहेको बताएका छन् ।

संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले सरकारले यो विषयलाई संवेदनसिल रुपमा लिएको बताए । शर्माले भने, “कानुन आयोगलाई यो विषयमा अध्ययन गर्न भनिएको छ । हदम्याद कति हदसम्म बढाउने र घटाउने विषयमा प्रतिवेदन दिन भनेका छौं । ’’

कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिने र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्न सक्ने मन्त्री शर्माले बताए ।

त्यो प्रतिवेदन आउनेवित्तिकै त्यसले ल्याएको पक्षमा आवश्यक छलफल र कानुनमा आवश्यक सुधार गर्नेछौं’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !