बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ७ जना प्रकाउ
प्रकाशित मिति : 6 June, 2022 3:07 pm
बाँके । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लगाएका थिए ।
प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित गोठमा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखेर थप अनुसन्धान गरेको छ ।








