५ जेष्ठ २०८१, शनिबार

रोकिएन सेयरबजारमा गिरावट, सोमबार १२ अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  6 June, 2022 3:49 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन पनि सेयरबजारको निरन्तर गिरावट रोकिएको छैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ अंकमा झरेको छ । भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले घटेर ४००.३६ अंकमा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख ७७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यसैगरी, यस दिन हिमालयन बैंक लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !