५ जेष्ठ २०८१, शनिबार

जेठ २६ देखि नाडा अटो शोमा स्टल बुकिङ खुल्दै, स्टलका लागि भने गोलाप्रथा

प्रकाशित मिति :  6 June, 2022 4:31 pm


काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष आयोजना गर्ने नाडा अटो शो आगामी भाद्र ७ देखि १२ गते सम्म आयोजना हुने भएको छ ।

सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औं संस्करण ‘नाडा अटो शो २०२२’ का लागि आगामी जेठ २६ देखि ३० गते सम्म स्टल बुकिङको लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ ।

काठमाडौंको भृकुटी मण्डप मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीका लागि सीमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडा अटो शो समिति सभापति अनुप बरालले जानकारी दिए ।

प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !