प्रहरीको गोली लागेर बर्दियामा एक किशोरीको मृत्यु, ४ जना घाइते
प्रकाशित मिति : 7 June, 2022 12:18 pm
काठमाडौं । बर्दियामा प्रहरीले गोली चलाउँदा एक किशोरीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर नविना थारुको मृत्यु भएको स्थानीयले बताएका छन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाए थियो ।
सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भएको मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी बताइन् ।
स्थानीयले बाटो अबरुद्ध गर्दै प्रर्दशन गरिरहेका बेला बाटो खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रतिकार स्वरुप गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।








