२१ मंसिर २०८२, आइतबार

मेयर शाहले भने कुहिने र नकुहिने नछुट्याएको फोहोर महानगरले उठाउँदैन

प्रकाशित मिति :  7 June, 2022 12:58 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नउठाउँने भएको छ ।

महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक रुपमा अपील गर्दै अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् ।

मेयर साहले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभएको साथै फोहोरको दीर्घकालीन व्यवस्थापन यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर नहुने बताएका छन् ।

मेयबर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले भनेका छन् ‘यो सबैको लागि निसन्देहः खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौं,’ उनले लेखेका छन्,’कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ ।’

उनले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टएिर निस्किनुपर्ने बताएका छन् ।

‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौं भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन,’ उनले लेखेका छन्,’

अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुनसक्ने भए पनि अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग–अलग भाँडोमा राख्न उनले सुझाउँदै शाहले भनेका छन् ‘महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहो¥याउने छैन ।’



प्रतिक्रिया दिनुहोस !