५ जेष्ठ २०८१, शनिबार

मंगलबार पनि ४५ अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  7 June, 2022 3:45 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारको निरन्तर गिरावट कायम रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटीभ परिसूचक पनि ११.२४ अंकले घटेर ३८९.१२ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने बलेफी हाइडोपावर लिमिटेडको सेयर ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज हिमालयन बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कमपनीको सेयमूल्य ९.९७ प्रतिशतले घटेर नकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कुल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !