आत्महत्या दुरुत्साहन मुद्दामा फरार वालिङका एक युवक पक्राउ
प्रकाशित मिति : 8 June, 2022 12:05 pm
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका ७ केवरेका २६ वर्षीय रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
२०७७ पुस ३ गते गते जिल्ला अदालतको पैmसलाले आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष ५ महिना ७ दिन कैद र पच्चीस हजार जरिवाना तोकिको थियो । फरार रहेका थापालाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।








