लगानीकर्ताले आज दिउँसो माइतीघरमा बृहत प्रर्दशन गर्ने
काठमाडौं । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज बृहत प्रदर्शन गर्ने भएका छन् । पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा शुक्रबार दिउँसो ३ बजेबाट लगानीकर्ताहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने भएकाु हुन् ।
नेपाल स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बजार बिरोधी नियामक निकाय र सरकार सबै लगानीकर्ताहरुका साझा सत्रु भएको भन्दा तिनका बिरुद्धमा सबै लगानीकर्ताहरु एक भएर लड्नु पर्ने बताएका छन् ।
अहिले सबै लगानीकर्ताहरु एक ठाउँमा जम्मा भएर बजार बिरोधीहरुको बिरुद्धमा एक भएर लड्ने बेला भएको छ । कार्कीले भने अहिले हाम्रो आपसी मदभेद भए पछि बसेर छलाफल गर्दै गरौला तर यो बेला भनेको हाम्रा आपसि मदभेदलाई त्यागेर एक भएर अगाडी बढ्ने बेला हो त्यसैले आज सबै लगानीकर्ताहरु एक भएर ३ बजेदेखि माईतिघरमा हुने बिरोध कार्यक्रममा सहभागी बन्न आम लगानीकर्ताहरुलाई म आह्वान गर्न चाहान्छु’।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले आज सबै लगानीकर्तालाई दिउँसो ३ बजे वृहत प्रर्दशनमा सहमागी हुन आव्हान गरेका छन् ।
गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्।








