८ पुस २०८२, मंगलबार

चितवनको राप्तीमा गाँउ पसेको बाघलाई नियन्त्रणमा लिइयो

प्रकाशित मिति :  10 June, 2022 3:01 pm


चितवन । चितवनको राप्तीमा गाँउ पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारमा रहेको बाघलाई नियन्त्रणमा लिइएको हो ।

बिहान बाघले राप्ती १ डिपार्टमा एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो ।

स्थानीयले खबर गरेपछि निकुञ्ञको टोलीले बाघको खोजी गरेर डाट गरेर नियन्त्रणमा लिएको हो । बाघ राप्ती १ माधवटारमा फेला पारेको थियो ।



प्रतिक्रिया दिनुहोस !