७ पुस २०८२, सोमबार

स्याङ्जाका सडकहरु मर्मत गर्न सांसद मोहन पाण्डेको आग्रह

प्रकाशित मिति :  12 June, 2022 12:04 pm


काठमाडौं । प्रतिनिधीसभाका सदस्य मोहन पाण्डेले प्रतिनिधीसभाको वैठकमा स्याङ्जाको वालिङ देखी पर्वतको हुवाससम्म बाटोको स्तर उन्नती गर्न आग्रह गरेका छन्।

लामो समय देखि यात्रुहरुले वालिङ देखि हुवाससम्म यात्रा गर्दा कठिनाई बेहोर्नु परेको बेला सांसद पाण्डेले उक्त विषयमा आवाज उठाएका हुन् ।

पाण्डेले मिर्दी देखि भिमाद सम्मको सडक, भीरकोट बयरघारी देखि ढापुक, ठुलीभन्ज्याङ हुँदै पर्वत सम्म जाने सडकको विषयमा आफ्ना धारणा राखेका थिए ।

वालिङका विभिन्न ग्रामीण भेगमा भएको खानेपानीको समस्या हटाउन पाण्डेले खानेपानी मन्त्रालयलाई बजेट विनियोजन गर्न पनि आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !