६ पुस २०८२, आइतबार

सांसदको आक्रोश,‘राष्ट्रिय योजना आयोग चाहिन्छ र ?’

प्रकाशित मिति :  12 June, 2022 12:44 pm


काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय योजनाको औचित्य माथि प्रश्न उठाएका छन् ।

विनियोजन विधेयकको छलफलमा भाग लिने क्रममा पोखरेलले भने,“राष्ट्रिय योजना आयोग चाहिन्छ र ? तपाईंलाई कस्तो लाग्छ ?”

योजना निर्माणमा आयोगले सांसदलाई कुनै भूमिका नदिएको उनको गुनासो थियो । अहिलेपनि आयोगको टाइपिष्टले समेत ४,५ वटा कार्यक्रम थप्ने गरेको र आयोगका उपाध्यक्षलाई थाहै नहुने गरेको बताए ।

उनले भने,“राष्ट्रिय योजना अयोगको आजपनि टाईपष्टिले हुनुहुन्छ भने उहाँले ५ वटा कार्यक्रम थप्नुहुन्छ राष्ट्रिय योजना आयोगको उपाध्यक्षलाई थाहै हुँदैन ।”

मन्त्रालयमा पनि हालत उस्तै भएको पोखरेलको भनाई थियो । उनले बजेट निर्माणको क्रम स्थानीय तहबाट सिक्न उनले सुझाव दिए । उनले कम्तिमा जनप्रतिनिधिलाई योजना निर्माण र योजना बनेकाको अनुगमन गर्ने पक्षमा सहभागिता गराउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !