रोल्पामा माटाेकाे ढिस्काेले पुर्दा दुई बालकको मृत्यु
प्रकाशित मिति : 12 June, 2022 2:28 pm
रोल्पा । रोल्पामा सडक खन्दै गर्दा पहिरो खसेर पुर्दा दुई बालकको मृत्यु भएको छ ।
परिवर्तन गाउँपालिका–५ दाउनेभिरमा सडकमा खेलिरहेका बेला पहिरो खसेर पुरिएका ७ वर्षीय डेबिड र २ वर्षीय इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनीहरु सहोदर दाजुभाइ हुन् ।
एक्स्काभेटर रोकेर अपरेटर खाजा खान गएको समयमा सडकमाथिबाट खसेको पहिरोले lबिहान ९ बजेतिर दुई दाजुभाइलाई पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।








