लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेष्ठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम आज पारित भएको हो ।
सभामा सम्बोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्वोधन गरिने गरी नीति तथा कार्यक्रम लिइएको बताउँदै विकासका लागि एकताबद्ध भएर लाग्न आग्रह गरे ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नका लागि नै लागेको बताउँदै अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।
मुख्यमन्त्री केसीले संवोधनको क्रममा राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासकामा एक हुनका लागि सबैलाई आग्रह गरे । उनले भने ,“हाम्रो राजनीतिक विचार दर्शन फरक फरक होला र छ पनि तर लुम्बिनीको विकासका लागि एक हुनु पर्दछ,हाम्रो सबैको दायित्व र जिम्मेवार बरावरी छ, हामी समेचतापूर्वक रुपमा लागौँ र लुम्बिनीलाई समृद्ध बनाऔँ ।”
उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सकरकार जिम्मेवार भएको बताए । मुख्यमन्त्री केसीले लुम्बिनी अस्पता, लुम्बनी विश्व विद्यालय, प्रदेशको राजधानी र केही गौरवको आयोजना र आम जनताको जीवन स्तर माथी उठाउनको लागि समेत आगामी वर्षको बजेटमा लिनका लागि तयारी भइरहेको बताए ।
उनले केही समय लुम्बिनी प्रदेशमा आन्तरिक मतभेद भए पनि उक्त मदभेद पनि विकास र राजनीतिकलाई स्थापित गर्नका लागि भएको उल्लेख गर्दै आगामी दिनमा समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउन अपिल गरे ।








