६ पुस २०८२, आइतबार

जिसस रोल्पामा माओवादी केन्द्रको प्यानलै विजयी

प्रकाशित मिति :  12 June, 2022 5:45 pm



उमा केसी-
राेल्पा । जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

समितिको प्रमुखमा सिता आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् । समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फवाट ईन्द्र बहादुर रोका, केवलप्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन् ।

दलितवाट अल्प संख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन् । महिला सदस्यमा सोही पार्टीका जीत कुमारी विक,मिना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् । २० मतदाता रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १४, नेपाली काँग्रेसको ५ र नेकपा एमालेको १ मतदाता रहेका थिए ।

उपप्रमुख बाहेक सवै पद निर्विरोध भएको हो । उप प्रमुखमा नेपाली काँग्रेसका टेकबहादुर वस्नेतले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका कर्मलाल परियारले १३ मत र नेपाली काँग्रेसका टेकबहादुर वस्नेतले ५ मत प्राप्त गरेका थिए । १ मत वदर भएको थियो भने नेकपा एमालेले मतदानमा सहभागिता जनाएन ।



प्रतिक्रिया दिनुहोस !