६ पुस २०८२, आइतबार

अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र

प्रकाशित मिति :  12 June, 2022 6:51 pm


काठमाडौं । अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनका प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्ष दिल बहादुर वली,उद्योग उपाध्यक्ष काजी श्रेष्ठ , महासचिव तुल्सीराम खनाल , सचिव सन्तोष बस्नेत क्षेत्री , कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ र सहसचीवमा लेखनाथ भुसाल चयन भएका हुन् ।

यस्तै सदस्यमा सुमित्रा ढकाल , सपिना निशा , शिवप्रसाद बन्जाडे, कमल प्रसाद खनाल, डिल बहादुर सुनार ,लेखनाथ भण्डारी ,बाबुराम पौडेल ,लक्ष्मण केसी, अतिशकिरण विक,मोतीलाल खनाल,श्यामकृष्ण श्रेष्ठ ,चेतनारायण भुसाल , प्रकाश चन्द्र बन्जाडे, कृष्ण बहादुर विश्वकर्मा र तुल्सीराम पन्थी निर्विरोध चयन भएका हुन् ।

नवनिर्वाचित मिश्रले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याए जिल्लामामा प्रशस्त लगानी वातावरण सिर्जना हुनेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !