पुतलीबजार नगरपालिका राङ्खोलाबाट लागू औषधसहित एक युवा पक्राउ
प्रकाशित मिति : 13 June, 2022 5:49 pm
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० राङ्खोलाबाट लागू औषधसहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं। १ हरिचोक बस्ने २४ वर्षीय रोशन बराईली रहेका छन् । सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको बा. १ ख. १४२१ हायस चेकजाँच गर्ने क्रममा उनलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बराईसीको साथबाट प्रहरीले फेनरागन ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी १ सय ४ थान लागू औषध फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।
लागू औषसहित पक्राउ परेको बराईलीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।








