६ पुस २०८२, आइतबार

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा,हातपात गरेको आरोप

प्रकाशित मिति :  14 June, 2022 12:06 pm


दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले महिला माथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई कुटपिट गरेको वलीमाथी आरोप लागेको छ ।

केही समय पहिलो बस्नेतसँगको फोटो सार्वजनिक भएपछि वलीले फोटोसप गरिएको भन्दै प्रतिवादन गरेकी थिइन् । तर वली आज बस्नेतकै घरमा गएर बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मन्त्री वलीलाई तुलसीपुर इलाका प्रहरी कार्यालयमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वार मन्त्री वलीलाई प्रहरी कार्यालयमै राखिएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !