२३ बैशाख २०८१, आइतबार

पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्काशन गर्दै

प्रकाशित मिति :  14 June, 2022 12:49 pm


काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आउँदो असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि ६ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा कम्पनीले अतिप्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. १ र वडा नं. ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लावासीका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गर्नेछ ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिमको आवेदन नपरेको खण्डमा साउन ५ गते बैंकिङसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताहरुले यस आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ ।



प्रतिक्रिया दिनुहोस !