जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी
प्रकाशित मिति : 14 June, 2022 2:53 pm
चितवन। जिल्ला समन्वय समिति (जिसस) चितवनको नेतृत्व नेकपा एमालेले हात पारेको छ ।
सत्तागठबन्धन र एमालेको समान ७ मत भएपछि गोलाप्रथाबाट जिससको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
कांग्रेसका उम्मेदवार पूर्णबहादुर रानाभाटसंग बराबर ७ मत प्राप्त भएपछि एमालेका अधिकारी गोलाप्रथाबाट निर्वाचित भएका हुन् । जिसस उपप्रमुखमा नेकपा नेकपा (एकीकृत समाजवादी)की कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् ।








